देशभर डेङ्गु फैलिँदै, सात हजारभन्दा बढी संक्रमित

User Image Prime TV News २ हप्ता अगाडि
Image of देशभर डेङ्गु फैलिँदै, सात हजारभन्दा बढी संक्रमित

काठमाडौ । देशका विभिन्न जिल्लामा हालसम्म सात हजार ७५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। सो क्रममा छ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डोल्पा र मनाङ बाहेक सबै जिल्लामा डेङ्गु फैलिसकेको छ।

महाशाखाका अनुसार बागमती प्रदेशमा १ हजार ७ सय ६३, गण्डकी प्रदेशमा १ हजार ७ सय ७५, लुम्बिनी प्रदेशमा १ हजार १ सय ६९, कोशी प्रदेशमा ९ सय ९३, सुदूरपश्चिम प्रदेशमा ७ सय ८८, कर्णाली प्रदेशमा ५ सय र मधेस प्रदेशमा १ सय ४७ जनामा डेङ्गु पुष्टि भएको छ । 

विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अधिका‌ंस विरामीहरुमा उच्च ज्वरो, जोर्नी तथा मांसपेशी दुखाइ, टाउको दुखाइ, आँखाको गेडी दुख्नु, शरीरमा राता बिमिरा, वाकवाकी, वान्ता र पखालाको लक्ष्यण देखिएको छ । डा. पुनले सबैलाई चिकितकको सल्लाह बिना औषधी नखान र ज्वरो, खोकी वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् । 

डेङ्गुको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले जनतालाई सचेत रहन, घर वरिपरि पानी नजम्मा हुन दिने र लामखुट्टे मार्ने उपाय अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् ।