गृहमन्त्री अर्यालद्वारा राष्ट्रपति पौडेलको क्षतिग्रस्त निवास निरीक्षण

User Image Prime TV News २ हप्ता अगाडि
Image of गृहमन्त्री अर्यालद्वारा राष्ट्रपति पौडेलको क्षतिग्रस्त निवास निरीक्षण

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको राष्ट्रपति रामचन्द्र पौडेलको निजि निवासको निरिक्षण गरेका छन् । सोमबार काठमाडौंको बोहराटार पुगेर गृहमन्त्री अर्यालले आगजनी र तोडफोडबाट पूर्णरुपमा क्षतिग्रस्त राष्ट्रपति पौडेलको निजि निवासको निरिक्षण गरेका हुन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल लगाएत सुरक्षा निकायका अधिकारीसहित बोहराटार पुगेका गृहमन्त्री अर्यालले क्षतिको विवरणबारे जानकारी लिएका थिए । त्यस्तै गृहमन्त्री अर्यालले सोमबार नै जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको बालाजु प्रहरी बृतको पनि निरिक्षण गरेका छन्ग ।

सो क्रममा प्रहरी अधिकारीहरुले स्थानीयसंगको सहकार्यमा बालाजु बृतको पुननिर्माणको काम सुरु  गरिएको जानकारी दिएका थिए ।