राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने काम उपराष्ट्रपति यादवलाई सुम्पियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने दोस्रो विश्व सामाजिक विकास सम्मेलनमा सहभागी हुन आज बिहान प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्हाल्ने भएका छन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति अनुपस्थित हुँदा उनका दायित्वहरू उपराष्ट्रपतिले सम्पादन गर्ने व्यवस्था गरिएको छ।
राष्ट्रपति पौडेल कात्तिक १७ देखि २० गतेसम्म सम्मेलनमा सहभागी हुँदै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम छ। यस सम्मेलनमा विश्वका विभिन्न देशका प्रतिनिधिहरूले सामाजिक विकास, समावेशी विकास र समानताको प्रवर्द्धनका विषयमा विचार विमर्श गर्नेछन्।













