नेकपा एमालेद्वारा युथ भोलेन्टियर फोर्स गठन

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेकपा एमालेद्वारा युथ भोलेन्टियर फोर्स गठन

काठमाडौ । नेकपा एमालेले भक्तपुरको गुण्डामा आयोजना गरिएको विशेष भेलामा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए।

एमाले नेता महेश बस्नेतले युथ फोर्सको आचार संहिता समेत तयार गरिएको जानकारी दिए। उनका अनुसार, यो फोर्स भक्तपुरबाहेक काठमाडौं, ललितपुर, काभ्रे र रामेछापमा समेत विस्तार गरिने बताए ।

बस्नेतले विगतमा युथ फोर्सले माओवादीको आतंक नियन्त्रण गरेको उदाहरण दिँदै, अहिले पनि अराजकता र असुरक्षाको सामना गर्न युवा सक्रिय रहेको बताए। गुण्डु क्षेत्रमा दुई महिनाभित्र २ हजार युवा खटिसकेका छन् ।

उक्त फोर्सले युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुरको समन्वयमा नेताहरूको सुरक्षामा काम गर्ने जानकारी पनि उनले दिए।