प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक जना पक्राउ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उपत्यका अपराध अनुसन्धान कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित राजा तामाङलाई पक्राउ गरेको छ।
तामाङ काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ का हुन् । हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा बस्दै आएका थिए। प्रहरीले जनाए अनुसार, उनी भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका थिए।
राजा तामाङ यसअघि ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ परेका थिए । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका थिए।













