काठमाडौं महानगरपालिकाले थापाथली चोकमा रहेको अबैध संरचना भत्कायो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं महानगरपालिकाले थापाथली चोकमा रहेको राममन्दिर परिसर नजिक रहेको अवैध संरचना भत्काएको छ । आइतबार महानगरले गुठी संस्थानको जग्गा बनाइएका संरचनामाथि डोजर चलाएको हो ।
जस अन्तर्गत थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय नजिक रहेको एक खाजा घरलाई महानगरले भत्काएको छ । त्यस्तै सोहि स्थानमा गुठी संस्थानको जग्गामा रहेको ट्राफिक प्रहरी कार्यालय समेत भत्काउन खोजेपछि ठूलो संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको थियो ।
ट्राफिक प्रहरीको आग्रहमा उक्त भवन खाली गर्न सात दिनको समय दिइएको महानगरले जनाएको छ । यसअघि शुक्रबार पनि महानगरले सो क्षेत्रमा रहेका टहराहरु भत्काएको थियो ।













