नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित भएको छ। आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी पुनः तोकिएको छ ।
पार्टीभित्र १५औँ महाधिवेशनको मितिबारे विवाद जारी रहेको छ। शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले सहमति खोज्ने प्रयास असफल भएको थियो। बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक फरक कार्यतालिका प्रस्ताव गरेका थिए।
महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विषयमा भोटिङ गर्नु पर्ने प्रस्ताव पनि राखेका थिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफल गरेर कार्यतालिकामा सहमति खोज्ने तयारी गरिरहेका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।












