राष्ट्र बैंकले तरलता नियन्त्रणका लागि आज ४० अर्ब रुपैयाँ संकलन गर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बैंकिङ प्रणालीमा तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका अनुसार, अल्पकालीन तरलता व्यवस्थापनको लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि यो रकम संकलन गरिनेछ।
पछिल्ला समययता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापन गर्ने कार्य गर्दै आएको छ। आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गरिने व्यवस्था गरिएको छ।
अनलाइन बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेदेखि इच्छुक बैंक र वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्। न्यूनतम आवेदन रकम १० करोड रुपैयाँ राखिएको छ भने अधिकतम ५ करोड रुपैयाँसम्मको भागमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
निक्षेपको साँवा र ब्याज भुक्तानी आगामी २०८३ वैशाख १३ गते हुनेछ। क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले यस निक्षेप संकलनमा सहभागिता जनाउन सक्नेछन्।













