प्रधानमन्त्री कार्की र सातवटै प्रदेश मुख्यमन्त्रीको संयुक्त बैठक बस्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक बोलाएकी छन्। संघीय प्रदेश समन्वयका विषयमा पछिल्ला विवादहरूलाई ध्यानमा राख्दै आज दिउँसो ४ बजे बालुवाटारमा बैठक राखेकी हुन्।
बैठकमा कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुने जनाइएको छ।
सरकारका अनुसार, बदलिँदो राजनीतिक अवस्थाबीच संघीय र प्रदेश सरकारले एउटै दिशाबाट काम गर्न आवश्यक देखिएकाले बैठक बोलाइएको हो। बजेट कार्यान्वयन, अधिकार क्षेत्र, प्रशासनिक समन्वय र आगामी नीति–कार्यक्रमका विषयमा छलफल हुने बुझिएको छ।
संघीय संरचना लागू भएको वर्षौं भइसक्दा पनि प्रदेशहरू र केन्द्रबिच समन्वय कमजोर रहेको, विकासका काममा ढिलाइ र जिम्मेवारीबारे स्पष्टता नहुनुजस्ता प्रश्नहरू बढिरहेका बेला प्रधानमन्त्रीले बोलाएको बैठकलाई महत्वपूर्ण मानिएको छ।













