माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई अघि वढाउने

User Image Prime TV News २ हप्ता अगाडि
Image of माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई अघि वढाउने

काठमाडौ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग अब ढिलो नगरी एकता प्रक्रियालाई अन्तिम रूप दिने निष्कर्ष निकालेको हो।

शनिबार पेरिसडाँडामा बसेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले चाडै नै एकता प्रक्रियालाइ अघि वढाउने निर्णय गरेको हो । प्रवक्ता सापकोटाले भने “नीतिगत र सैद्धान्तिक प्रश्नहरू समाधान भइसकेका छन्। अब संरचना र प्राविधिक पक्ष टुंग्याउँदै छौं। कात्तिक १७ गतेको केन्द्रीय बैठकले औपचारिक घोषणा गर्छ।” 

उनका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै महेन्द्रराय यादवको जसपा, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र राजु कार्कीको समूह, सुवास काफ्लेको जनसमाजवादी र विप्लव समूहबाट छुट्टिएका नेताहरूसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी दिए ।