पार्टी एकता विषयले फेरि माओवादी केन्द्रमा तिक्तता, जनार्दनले गरे प्रतिवाद

User Image Prime TV News २ हप्ता अगाडि
Image of पार्टी एकता विषयले फेरि माओवादी केन्द्रमा तिक्तता, जनार्दनले गरे प्रतिवाद

काठमाडौ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा पार्टी एकता विषयले फेरि तिक्तता बढाएको छ। नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रियामा उपमहासचिव जनार्दन शर्माले कडा असहमति जनाएका छन्।

बैठकमा शर्माले भने, एकता प्रक्रिया माओवादी आन्दोलनको औचित्य कमजोर पार्ने र जनयुद्धको मर्म भावनाविपरीत जाने खतरा रहेको बताए । उनका अनुसार, जनयुद्धले निर्माण गरेको राजनीतिक एजेन्डा, पहिचान र आदर्शलाई क्षतिग्रस्त बनाउनेगरी एकतामा हतारो हुनु उचित नभएकाे टिप्पणी गरे । 

शर्माको यो धारणा सार्वजनिक भएपछि पार्टीभित्र फेरि मतभेद सतहमा आएको छ। शर्माले मात्र नभइ नारायणाकाजी श्रेष्ठले पनि हतारमा एकता गर्न नहुने धारणा राख्दै आएका छन् । तर नेतृत्व पक्ष भने समाजवादीसँगको सहकार्य रणनीतिक र समयानुकूल रहेको तर्क दोहोर्याइरहेका छ ।