एमाले नेता बास्कोटाद्वारा एकता आह्वानप्रति आलोचना, वाम दलहरू ‘मिलेर पनि नमिल्ने’ टिप्पणी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले पार्टी फुटिसकेपछि एकताको आवश्यकता देखाउनु असङ्गत भएको टिप्पणी गरेका छन्।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बीच एकताबारे सहमतिपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्। उनले फुटपछिको एकतालाई ‘वहियात’ भन्दै नेपालका वामपन्थी दलहरू ‘मिसिने तर नमिल्ने’ प्रवृत्तिले ग्रस्त रहेको आरोप लगाए।
उनका अनुसार वाम दलहरूबीच वैचारिक फाटो र नेतृत्व केन्द्रित प्रतिस्पर्धाले सहकार्य टिक्न नसक्ने अवस्था बनाएको छ। पार्टी विभाजनपछि पुनः एकताको प्रसङ्ग उठाउनु वास्तविकता वा दीर्घकालीन हितभन्दा पनि तात्कालिक स्वार्थको परिणाम हुने उनको भनाइ छ।
बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीको हालैको ‘घर फर्कन’ भन्ने आग्रहप्रति पनि संकेत गर्दै कटाक्ष गरेका छन्। पार्टी फुटेपछि फेरि फर्केर टिक्न सकिने वातावरण नहुने उनको भनाइ छ।
उनले माधवकुमार नेपालतर्फ इङ्गित गर्दै ‘फसेपछि अरूले प्रयोग गर्ने स्थिति’ बन्न सक्ने टिप्पणी पनि गरेका छन्।













