आफ्नो चरित्र हत्या भएको दलित अभियन्ता सुनारको गुनासो

User Image Prime TV News २ हप्ता अगाडि
Image of आफ्नो चरित्र हत्या भएको दलित अभियन्ता सुनारको गुनासो

काठमाडौ । दलित अभियन्ता खगेन्द्र सुनारले आफ्नो चरित्र हत्या गर्ने काम भएको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै सुनारले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको गुनासो गरे । 

सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कार्मीको सामूहिक बलात्कार भएजस्तै मिडियाबाट आफ्नो सामूहिक हत्या भएको बताए । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने भन्दै सञ्चारमाध्यमबाटै मन्त्री बन्ने खबर पाएको उनले बताए ।

उनले आफू अहिले पनि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पक्षमा रहेको पनि उल्लेख  गरे । आफूमाथि लागेको आरोप पुष्टि भएको खण्डमा हत्कडी लगाएर लैजान उनले आग्रह गरे ।