काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधीकृत संरचनामाथि चलायो डोेजर

User Image Prime TV News २ हप्ता अगाडि
Image of काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधीकृत संरचनामाथि चलायो डोेजर

काठमाडौ । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोेजर चलाएको छ । शुक्रबार थापाथलीस्थीत राममन्दिर परिसरमा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो ।

राममन्दिरको क्षेत्रमा बनाएका अनाधीकृत टहरालाई भत्काइएको महानगरले जनाएको छ । गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले महानगरको सहयोग मागेको थियो । महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।