शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख उनन्चालीस हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य दुई लाख छत्तीस हजार तीन सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार नौ सय अस्सी रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तीन हजार साठ्ठी रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन सुनचाँदीको मूल्यमा भएको वृद्धि नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव परेको बताइन्छ। अमेरिकी केन्द्रीय बैंकले हालै कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएपछि लगानीकर्ताहरू सुनचाँदीतर्फ आकर्षित भएका हुन्।
ब्याजदर घट्दा सुन र चाँदीलाई सुरक्षित लगानीको माध्यमका रूपमा रोज्ने प्रवृत्ति बढ्ने भएकाले यसको मूल्यमा पनि वृद्धि देखिएको हो।














