भारत आइसीसी महिला विश्वकपको फाईनलमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of भारत आइसीसी महिला विश्वकपको फाईनलमा

काठमाडौ । अष्ट्रेलीयालाई हराउँदै भारत आइसीसी महिला विश्वकपको फाईनलमा पुगेको छ । नवी मुम्बइको डीवाइ पाटिल स्टेडियममा बिहिबार राति भएको सेमिफाइनलमा खेलमा अष्ट्रेलीया भारतसँग ५ विकेटले पराजित भएको हो ।

जेमिमा रोड्रिगेजको अविजित शतकले भारतलाई बिहीबार ५ विकेटको जित दिलाउँदै फाइनलमा पुर्याएको हो । अस्ट्रेलियाले दिएको ३३९ रनको ठूलो लक्ष्य भारतले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । यो महिलाको एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलो रन लक्ष्य पछ्याएर जित्ने रेकर्ड हो ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो । फोएबे लिचफिल्डले ९३ बलमा १७ चौका र ३ छक्कासहित ११९ रन, एलिसा पेरीले ८८ बलमा ६ चौका र २ छक्कासहित ७७ रन, र एश्ली गार्डनरले ४५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रन बनाए।

भारतका श्री चरणी र दीप्ति शर्माले २–२ विकेट लिएका थिए । महिला एकदिवसीय क्रिकेटमा भारतले नयाँ रेकर्ड बनाएको छ । यो इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित हो। यसअघि यही विश्वकपको समूह चरणमा भारतको ३३१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले रेकर्ड बनाएको थियो, जुन भारतले तोडेको छ ।

अब भारतले फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।