नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
असोज २८ गतेदेखि सुरु भएको बैठकले जेनजी आन्दोलन, प्रतिनिधिसभा विघटनपछि बनेको राजनीतिक अवस्था, अन्तरिम सरकार गठन र त्यसमा पार्टीको भूमिकाबारे छलफल गरिरहेको छ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। धेरै सदस्यहरूले आगामी चुनावपछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने तर्क प्रस्तुत गरेका छन्।
हिजोको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा तथा आमन्त्रित सदस्य पुष्पराज पराजुली, इन्द्रबहादुर बानियाँ र अमरसिंह पुनले धारणा व्यक्त गरेका थिए।
तर महामन्त्री गगन थापाले भने हिजोको बैठक बहिष्कार गरेका थिए । कार्यबहाक सभापति पूर्णबहादुर खड्का संग बैठकका एजेण्डामा सहमती नभएपछि थापाले बैठक बहिष्कार गरेका थिए ।












