देशव्यापी बदली र वर्षा, साँझदेखि मौसम सुधारको संकेत

User Image Prime TV News २ हप्ता अगाडि
Image of देशव्यापी बदली र वर्षा, साँझदेखि मौसम सुधारको संकेत

काठमाडौ । बङ्गालको खाडीमा विकसित चक्रवातमोन्थार न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको छ । मौसम विभागका अनुसार आज साँझदेखि भने क्रमिक सुधार देखिनेछ ।

कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहेको छ। यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

केही स्थानमा भारी वर्षा हुने सम्भावना अझै कायम छ। विशेषगरी कोशी, मधेस र वाग्मती प्रदेशका केही ठाउँमा, तथा लुम्बिनीको एकदुई ठाउँमा पानीको प्रकोप तीव्र हुन सक्छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँको वर्षा पनि सक्रिय छ। कोशी, वाग्मती र गण्डकीका उचाइदार भूभागमा मध्यमदेखि भारी हिमपात हुने पूर्वानुमान छ।

महाशाखाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। खेतमा पानीको अत्यधिक जमावले अन्न र सब्जीको क्षति गराउन सक्छ। यात्रु र सवारीचालकलाई पनि सचेत रहन भनिएको छ।