चितवनमा बस दुर्घटना, ३३ घाइते

User Image Prime TV News २ हप्ता अगाडि
Image of चितवनमा बस दुर्घटना, ३३ घाइते

चितवन। गौरबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुर महानगरपालिका९ को टिकौली जङ्गल क्षेत्रमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल कार्यालयका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि लगिएको छ। प्रारम्भिक जानकारीअनुसार सबैको अवस्था सामान्य छ।

दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि प्रहरीको सहयोगमा यातायात पुनः सञ्चालनमा आएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।