नेपाल युएईसँग ५ विकेटले पराजित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाल युएईसँग ५ विकेटले पराजित

काठमाडौ । नेपाल आइसिसी विश्वकप लिगटु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको छ।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलको शतकले पनि नेपाललाई बचाउन सकेन। एक व्यक्तिको बलिदानले सेना जितिँदैन र आज नेपालले सामूहिक कमजोरीको कडुवा पाठ फेरि पढ्यो।

पहिले ब्याटिङ गर्दै नेपाल ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रनमा रोकियो।कप्तान रोहितले १ सय ९ रन बनाए, तर उनको एक्लो लडाइँले अर्थ राखेन। अन्य ब्याटरहरू टिक्न नसक्दा उनको शतक पनि निराशाको दलदलमा डुब्यो।

जवाफमा युएईले ४३.३ ओभरमै लक्ष्य पूरा गर्‍यो।सन्दीप लामिछाने र करण केसीले विकेट लिए पनि लगातार दबाब बनाउन नसक्नु नेपालका बलरहरूको कमजोरी रह्यो।

यसअघि अमेरिकासँग पनि ठूलो अन्तरले पराजित भइसकेको नेपाललाई यो सिरिजमा लगातार दोस्रो हार हो। लिगटु को कुल तालिकामा अब नेपाल १२ अंकसहित सातौं स्थानमा छ ।