ए डिभिजन लिग सञ्चालन गर्ने बिषयमा खेलकुद मन्त्री गुप्ताको चासो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of ए डिभिजन लिग सञ्चालन गर्ने बिषयमा खेलकुद मन्त्री गुप्ताको चासो

काठमाडौ । नेपाली फुटवलको दिर्घकालीन बिकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

बिहीबार सिंहदरबारस्थीत खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले फुटवलको दिर्घकालीन बिकासका लागि अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको एन्फा महासचिव किरण राइले जानकारी दिए ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र फुटबलको बिकासको खाका प्रस्तुत गर्न खेलकुद मन्त्रीले निर्देशन दिएको राईले बताउ । त्यस्तै ए डिभिजन लिगका सन्दर्भमा समेत मन्त्री गुप्ताले चासो व्यक्त गरेका थिए ।

एन्फाले ए डिभिजन लिग सञ्चालन गर्न ३० देखि ४० करोडको खर्च हुने भएपनि मन्त्रालयबाट ४० लाख मात्रै बिनियोजन गर्दा समस्या भएको जानकारी गराएको थियो । जवाफमा मन्त्री गुप्ताले लिगका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने प्रतिवद्धता जनाएका थिए ।