गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान बिपरितः महासचिव पोखरेल

User Image Prime TV News ३ हप्ता अगाडि
Image of गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान बिपरितः महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरलले जेनजी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका छन् ।

प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेनजी आन्दोलनमा घुसपैठ गरि न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताए । आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उनको भनाइ छ ।

महासचिव पोखरेलले जेनजी आन्दोलनमा उठाइएका माग जायज भएपनि राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे । उनले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान बिपरित भएको टिप्पणी गरे ।

आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुराउन सक्ने दावी गरे ।