निर्वाचन सुरक्षाबारे समितिले सरकारसँग जानकारी लिने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of निर्वाचन सुरक्षाबारे समितिले सरकारसँग जानकारी लिने

काठमाडौ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रतिनिधिसभाको आगामी निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसंग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै निर्वाचनको शान्ति सुरक्षाका बिषयमा सरकारसंग छिटै जानकारी लिने तयारी गरिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए ।

त्यसैगरि आगामी राष्ट्रियसभाको निर्वाचनका बिषयका साथै बिभिन्न आयोजनाको बजेट कटौती गर्ने सरकारको निर्णयको सम्बन्धमा समेत समितिले जानकारी लिने भएको हो । सभापति शेर्पाले राष्ट्रियसभाको बैठक सञ्चालन गर्ने बिषयमा राष्ट्रियसभा अध्यक्षले पहल गरिरहेको र सभापतिहरुसंग पनि छलफल भइसकेको जानकारी दिए ।