महासचिव भुसालद्वारा नेतृत्व पुनर्गठन र वैचारिक एकतामा जोड
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीलाई बलियो बनाउने दिशामा नेतृत्वको पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले मौखिक धारणा व्यक्त गर्दै अबको कदममा सैद्धान्तिक र वैचारिक एकतालाई प्राथमिकता दिनुपर्ने बताए।
भुसालले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको पार्टी पर्याप्त बलियो नभएको उल्लेख गर्दै, केवल तत्कालीन अध्यक्ष केपी शर्मा ओली मात्रै बलियो बन्न सफल भएको बताए।
उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फरक भूमिकामा अघि बढ्नुपर्ने सुझाएका छन्। भुसालले भने, “कार्यकर्ताले तपाईंहरूको भूमिका मान्दै आएको छ, तर जनताले यसलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन्।”
भुसालले हाल माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भइरहेको भए पनि नाम र झन्डा मात्र मिलाएर प्राविधिक एकता नगर्न आग्रह गरेका छन्। उनले जोड दिए, “अलि सोचविचार गरेर सैद्धान्तिक, वैचारिक एकता गरौँ। नाम र झन्डा मिल्दा मात्र हुने एकता अपमानजनक हुन्छ।”
उनका अनुसार पार्टीको पुनर्गठन गरेर मात्र बृहत् वाम एकताको ढोका खोल्न सकिन्छ र भविष्यमा पार्टीलाई जन













