बालुवाटारमा जेनजी नेतृत्वको सात बुँदे माग: भ्रष्टाचार विरुद्ध स्वतन्त्र निकाय र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बालुवाटारमा जेनजी नेतृत्वको सात बुँदे माग: भ्रष्टाचार विरुद्ध स्वतन्त्र निकाय र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौ । जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले बालुवाटारमा सात बुँदे मागहरू सार्वजनिक गर्दै सरकारले तत्काल सुधारको कदम चाल्नुपर्ने जिकिर गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच भएको भेटमा उनले नागरिकस्तरको स्वतन्त्र भ्रष्टाचार अनुसन्धान निकाय गठनदेखि स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारे।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्नुपर्ने, अहिलेको संघीय संरचना प्रभावकारी नदेखिएको भन्दै संघीय तथा प्रदेश स्तरबीचको दोहोरोपन हटाई खर्च घटाउनुपर्ने माग पनि राखेका छन् । 

विज्ञप्तिमा प्रदेशको खर्च ४० प्रतिशत कटौती गर्न सकिने, मन्त्रालयहरू गैरराजनीतिक पात्रमार्फत सञ्चालन गरिनुपर्ने र ७७ जिल्ला समन्वय समितिहरू खारेज गरी स्थानीय तहलाई सेवा प्रवाहमा केन्द्रित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ।

ढुंगानाले जेनजी आन्दोलनलाई अब राजनीतिक जनआन्दोलनको रूपान्तरण गरिने चेतावनी दिएका छन्। साथै २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र २४ गतेका घटनाबारे तथ्य सार्वजनिक गर्न माग गरेका छन्।