नेकपा एकीकृत समाजवादीको पूर्ण बैठक आज पनि वस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेकपा एकीकृत समाजवादीको पूर्ण बैठक आज पनि वस्दै

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि बस्दैछ । राजधानीको मिराकल भेन्युमा बुधबारदेखि सुरु भएको बैठक कात्तिक १४ गतेसम्म चल्ने कार्यक्रम छ।

बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै कम्युनिस्ट एकताको आवश्यकता अहिले पनि कायम रहेको बताए। तर, स्पष्ट वैचारिक आधार र विश्वास बिना पार्टी एकता सम्भव नभएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

बैठकले पार्टीको वैचारिक र सैद्धान्तिक धार, संगठन पुनर्गठनको कार्ययोजना र आगामी नेतृत्व हस्तान्तरणसम्बन्धी विषयमा निर्णय गर्ने बताइएको छ। पार्टीभित्र पुस्तान्तरणका विषयमा पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

युवाहरुले सञ्चालन गरेकोजेनजीआन्दोलनले उठाएको भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध पार्टीले कस्ता कदम चाल्ने भन्नेबारे पनि बैठकमा रणनीति तय गरिनेछ।

सो अभियानलाई संस्थागत रूप दिने र आवश्यक कार्यक्रम अनुमोदन गर्ने एजेन्डा रहेको पार्टी बताइएको छ ।