एमाले बाहेक अन्य सबै दल निर्वाचन प्रक्रियामा जान सहमत

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमाले बाहेक अन्य सबै दल निर्वाचन प्रक्रियामा जान सहमत

काठमाडौ । नेकपा एमाले बाहेक अन्य सबै दल निर्वाचन प्रक्रियामा जान  सहमत भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले बाहेकका सबै दलले अब चुनाव बाहेक कुनै विकल्प नरहेको स्पष्ट बताएका छन्। मुलुक अस्थिरतामा फँसिरहेको बेला राजनैतिक दलहरूले अन्ततः खुलेर आफ्नो अडान राखेका हुन्।

बुधबार साँझ बैठकपछि बाहिर निस्कँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले एमालेलाई छाडेर सबै दल चुनावमा जाने निष्कर्षमा पुगेको बताए।

उनका अनुसार एमाले अझै पनि संसद पुनःस्थापनाको मागमा अडिएको छ। यस्तो मागलाई उनले हास्यास्पद र राजनीतिक पाखण्डको प्रतिबिम्ब बताए।

ज्वालाले विगतमा संसद दुईदुई पटक विघटन गर्ने पार्टी नै अहिले पुनर्स्थापनाको कुरा गर्नु नैतिक रूपमा असह्य र देशको बुद्धिको अपमान भएको टिप्पणी गरे।

उनका अनुसार बैठकमा रहेकोजेनजीसमूहका प्रतिनिधिहरू समेत चुनाव नै एकमात्र समाधान भएको धारणा व्यक्त गरेका थिए। संविधान र वर्तमान व्यवस्थाप्रति सबै दलहरू एकमत रहेको उनले बताए।