प्रतिनिधिसभा विघटनविरुद्ध रिट: सर्वोच्चबाट अन्तरिम आदेश जारी भएन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ। संवैधानिक इजलासले मंगलबार सुनुवाइपछि कारण देखाऊ आदेश जारी गरेको हो।
इजलासले निवेदकको मागअनुसार तत्काल प्रतिनिधिसभा पुनःस्थापना गर्ने वा विघटनको निर्णय रोक्ने आदेश आवश्यक नदेखिएको स्पष्ट पारेको छ। अदालतले सरकारलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
आदेशमा भनिएको छ, “निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो भनी कानून बमोजिमको आधार र कारण खुलाई यो आदेश प्राप्त भएको मितिले सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु।”
यससँगै विघटनको संवैधानिकता सम्बन्धी विवाद अब अदालतको विस्तृत सुनुवाइपछि मात्र टुंगो लाग्नेछ।













