मंसीर देखि आन्दोलन गर्ने दुर्गा प्रसाइको भनाई

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मंसीर देखि आन्दोलन गर्ने दुर्गा प्रसाइको भनाई

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताए । आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनले जानकारी दिए ।

मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेको अवस्थामा आएपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको प्रसाईको भनाई छ । जेनजी आन्दोलन हाइज्याक भएर विदेशीको इशारामा सत्ता हत्याउने काम भएको भन्दै उनले त्यस्तो आन्दोलन आफुहरुको नहुने स्पष्ट गरे ।