नप्से परिसूचक बुधबार घट्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नप्से परिसूचक बुधबार घट्यो

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज बुधबार परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा पुगेको छ। आज बजारमा ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मूल्य परिवर्तनको विवरण अनुसार ८५ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको र ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत प्रदर्शनमा चार समूहको सूचक बढ्दा बाँकी नौ समूह घटेका छन्। होटल र ट्रेडिङ समूहको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ भने अन्य समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ । आजको कारोबारमा विशेष रूपमा खानीखोला जलविद्युतको मूल्य १० प्रतिशत, उपकार लघुवित्त र मानुषी लघुवित्तको मूल्य ९.९० प्रतिशतभन्दा बढीले बढेको छ।

सबैभन्दा बढी घट्ने स्क्रिपमा ज्योति विकास बैंकको डिबेञ्चर ५.६६ प्रतिशत गिरावटसहित अगाडि रहेको छ। करबारका आधारमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर कम्पनी र राधी जलविद्युत शीर्ष स्थानमा छन्। यी कम्पनीहरूको हरेकको कारोबार २० करोडभन्दा माथि रहेको छ।

बजार विश्लेषकहरूका अनुसार, परिसूचकमा आजको गिरावटलाई सामान्य सुधारको रूपमा हेरिएको छ र केही प्रमुख शेयरहरूको उकालोले बजारमा सन्तुलन कायम राखेको छ।