नारायणकाजी श्रेष्ठद्वारा कम्युनिष्ट आन्दोलनको रूपान्तरण र पार्टी एकतामा धैर्यपूर्ण पहलको आग्रह

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नारायणकाजी श्रेष्ठद्वारा कम्युनिष्ट आन्दोलनको रूपान्तरण र पार्टी एकतामा धैर्यपूर्ण पहलको आग्रह

काठमाडौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनमा वैचारिक र सांस्कृतिक रूपान्तरण र बृहत् पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादी बीचको पार्टी एकता प्रक्रियालाई यही दृष्टिकोणबाट हेर्नुपर्ने बताए। उनका अनुसार, एकीकरण समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहित अघि बढाइए मात्र त्यसले सकारात्मक परिणाम दिने वताए ।

उनले भने, “एकता प्रक्रिया केवल औपचारिक मिलन होइन, यो समग्र कम्युनिष्ट आन्दोलनको रूपान्तरण र पुनर्गठन अभियानको प्रारम्भ बिन्दु बन्नु पर्छ।” श्रेष्ठले सम्बन्धित पार्टीहरू विभाजित नभई समष्टिरूपमा एकता प्रक्रियामा सामेल हुनुपर्नेमा जोड दिएका छन्।

साथै, उनले धैर्यपूर्वक र रणनीतिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै हतारमा कदम चाल्दा न त समग्र एकता न त सार्थक पुनर्गठनको स्थिति बन्ने बतएका छन् ।