दल दर्ता प्रक्रियासँगै नेकपा विप्लव चुनावी मोर्चातर्फ अघि बढ्ने तयारीमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दल दर्ता प्रक्रियासँगै नेकपा विप्लव चुनावी मोर्चातर्फ अघि बढ्ने तयारीमा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टी अब प्रत्यक्ष रूपमा चुनावी राजनीतिमा प्रवेश गर्न लागेको घोषणा गरेका छन्। विप्लव नेतृत्वको नेकपाले हालै निर्वाचन आयोगमा दल दर्ताका लागि औपचारिक निवेदन दर्ता गर्दै नयाँ राजनीतिक चरणमा प्रवेश गरेको संकेत दिएको छ।

महासचिव विप्लवले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै भनेका छन्, “एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा पार्टीलाई आत्मसात् गर्दै दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौं।”

उनका अनुसार पार्टीले अब लेनिनवादी स्कुलमा आधारित ‘उपयोग र बहिष्कार’को नीतिलाई समयअनुसार रूपान्तरण गर्दै संविधानभित्रको राजनीतिक प्रतिस्पर्धालाई पनि क्रान्तिकारी संघर्षको अंगका रूपमा लिनेछ।

विप्लवले नयाँ दिशाअनुसार देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूबीच सहकार्य विस्तार गर्ने, साथै देशको स्वाधीनता, समाजवाद र युवाको शिक्षारोजगारीका मुद्दामा निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।