नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्दै

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार दोस्रो मैत्रीपूर्ण खेलमा भारतको सामना गर्दैछ । सिक्किमको पाल्जोर रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। यो खेलले फिफा अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन ।

नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघि सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारीको दुई गोलमा नेपाल २–१ ले विजयी भएको थियो। बुधबारको खेलमा भने सावित्रा उपलब्ध हुने छैनन् ।

उनी व्यावसायीक फुटबलका लागि अस्ट्रेलिया फर्किइसकेकी छन्। यसैगरी  मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिाल तुम्बापो सुब्बाले पनि आजको खेल गुमाउने भएका छन् ।