लुबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटको ज्यान जोगियो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सोलुखुम्बुको लुबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ।
उच्च हिमाली क्षेत्रमा भिसिबिलिटी र भौगोलिक जटिलताबीच हेलिकप्टर चिप्लिएर दुर्घटना भएको हो । हेलिकप्टरमा कुनै यात्रु नरहेको बताइएको छ ।
जिल्ला प्रशासन सोलखुम्वुका अनुसार पाइलटलाई तत्काल उद्धार गरिँदै उपचारमा ल्याइएको छ। प्रारम्भिक जानकारीअनुसार पाइलटको अवस्था स्थिर रहेको बताइएको छ।
दुर्घटनास्थल लुबुचे विश्वका सर्वाधिक जोखिमयुक्त हवाई क्षेत्रमा पर्छ, जहाँ वायुचाप, मौसम परिवर्तन र हिमाली भू–विन्यासका कारण उडान चुनौतीपूर्ण मानिन्छ। त्यसमाथि पर्यटन सिजन सुरु भएसँगै उडान चाप पनि बढेको छ।













