जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री बिच छलफल: एकताको पहल गर्न आग्रह

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री बिच छलफल: एकताको पहल गर्न आग्रह

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइटेड फर परिवर्तन’ का प्रतिनिधिहरूले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार ९ सदस्यीय प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा जेनजी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरू लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।

छलफलमा प्रतिनिधिहरूले सरकारसमक्ष जेनजीहरूलाई एकताबद्ध राख्ने पहल गर्नुपर्ने माग अघि सारेका थिए। उनीहरूले जेनजी आन्दोलनबाट नै हालको सरकार गठन भएकाले सरकारले त्यस आन्दोलनको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता भएको बताएका हुन् । 

सिंहदरबारमा भएको सो भेटवार्तामा प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलको सुझावलाई सकारात्मकरूपमा लिँदै सरकारको तर्फबाट सकेसम्मको पहल गर्ने प्रतिबद्धता जनाइन् । “सरकार सबै पक्षसँग संवादमै छ। तपाईंहरू पनि अगाडि बढ्नुस्, हाम्रो तर्फबाट सकेको सहयोग र समर्थन रहनेछ,” प्रधानमन्त्री कार्कीले भनिन्।

‘जेनजी युनाइटेड फर परिवर्तन’ का सदस्यहरूले भने सरकारले जेनजी आन्दोलनका आदर्श र उद्देश्यहरूलाई संरक्षण गर्दै एकता, न्याय र पुनर्निर्माणको दिशामा ठोस कदम चाल्ने अपेक्षा व्यक्त गरेका छन्।