निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै छः नेता तामाङ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका छन् ।
जेनजी आन्दोलन पनि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको भन्दै नेता तामाङले मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताए । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धी खासै नरहेको उनको भनाई थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धी जेनजी आन्दोलनबाट लिन नसकिएको तर्क गरे ।













