नेपाल लिबरल पार्टी गठन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेपाल लिबरल पार्टी गठन

काठमाडौ । डा. गोपिलाल न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले नेपाल लिबरल पार्टी गठनको घोषणा गरेका हुन् ।

आमनागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको वताइएको छ । बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल पार्टी गठन गरिएको पार्टीका स‌ंयोजक न्यौपानेले जानकारी दिए ।

उदारवादी अर्थव्यवस्था, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति सो पार्टीले लिएको छ ।