माओवादीसँग पार्टी एकता टर्दा, विप्लवले दिए निर्वाचन आयोगमा दल दर्ताको निवेदन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्न निवदेन दिएको छ । पार्टीका नेताहरू निर्वाचन आयोगमा पुगेर दर्ता प्रक्रिया अघि बढाउन निवेदन दिएको हो ।
पार्टी दर्ताको यो कदमले आगामी निर्वाचनमा विप्लव नेतृत्वको समूहको सक्रिय राजनीतिक सहभागितालाई कानुनी मान्यता दिलाउने अपेक्षा गरिएको छ। यससँगै पार्टीले आफ्नो कार्यक्रम, संगठन संरचना र सदस्य संख्या समेत आयोगमा पेश गरेको छ । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ लामो समयदेखि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रयास गरिरहेका थिए । तर ठोस नतिजा नआएपछि निर्वाचन आयोगमा दर्ता गराउन निवेदन दिएका हुन् । विप्लवले पार्टी दर्ताको निवेदन दिइ रहदा प्रचण्डले आज मात्रै कम्युनिष्ट पार्टीहरु एक हुन आब्हान गरेका थिए । प्रचण्डले समाजवादी मोर्चालाई एउटै पार्टीमा रूपान्तरण गर्ने गृहकार्यमा जुटि रहेका छन्।
मोर्चामा रहेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महेन्द्रराय यादव नेतृत्वको नेसपा माओवादी एकता प्रक्रियामा सहभागी हुन तयार छन्। तर, नेकपा एसमा केही नेताहरू तत्काल माओवादीसँग एकता नगर्ने पक्षमा छन्।
प्रचण्डले मोर्चालाई पार्टीमा बदल्न माओवादी पार्टीको नाम र चुनाव चिन्हसमेत छाड्न तयार रहेको बताउँदै नेकपा एससँग छलफल अघि बढाइरहेका छन्। भोलिबाट सुरु हुने नेकपा एसको बैठकले माओवादीसँगको एकताबारे निर्णय गराउने तयारी छ।
माओवादी घटकमै रहेका विप्लवले प्रचण्डसँगको वार्तामा नेतृत्व छाड्ने प्रस्ताव राखेपछि तत्काल एकताको सम्भावना कमजोर भएको माओवादी नेताहरूले जनाएका छन्। विप्लवले पार्टीबाट आफ्नै नेतृत्वमा कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरिसकेका छन् ।













