सर्वसाधारणझैँ यात्रा गर्दै मन्त्रीहरू
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री ओम प्रकाश अर्याल निर्वाचन र शान्ति सुरक्षाको अबस्थावारे जानकारी लिन आज जनकपुर पुगेका छन् । अर्यालसँगै उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि मधेस गएका हुन् ।
सरकारले आउँदो फागुन २१ गतेका लागि चुनावको मिति तय भएको छ। सोमबार र मंगलबार दुई दिन मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर उनीहरुले शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिने,अवस्था सुधारका लागि निर्देशन दिने बताएको छ ।
काठमाडौंबाट जनकपुर पुग्दा मन्त्री अर्यालले चर्चा बटुलेका छन्। मन्त्री अर्यालले आफ्नो सुरक्षा र सुविधा कायम राख्दै पनि कुनै विशेष कक्ष वा विशिष्ट सुविधा प्रयोग नगरि साधारण कक्षको प्रयोग गरेका थिए । सामान्यतः उच्च पदस्थ व्यक्तिहरूले सरकारी वाहन वा विशेष सुविधा सहितको यात्रा गर्ने चलन थियो ।
त्यस्तै उर्जा मन्त्री कुलमान घिसिङ पनि आज अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन् । नयाँदिल्ली प्रस्थान गर्नु अघि घिसिङले पनि विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन् । सर्वधारण जस्तै विमानस्थलको टर्मिनलमा विमानको प्रतिक्षा गरेका थिए ।
पदमा पुगेपछि विशेषाधिकारको संस्कृति हाबी भएको छ। मन्त्री,सांसद वा अधिकारीहरूले आफूलाई जनताभन्दा माथि ठान्ने प्रवृत्ति बढ्दै गएको छ। अर्याल र घिसिङको निर्णयले शक्तिशाली पदमा रहेर पनि विनम्र र जनतामुखी रहन सकिन्छ भन्ने सन्देश दिएको छ ।













