राजनीतिक परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्न निर्वाचनमात्रै विकल्प : प्रचण्ड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राजनीतिक परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्न निर्वाचनमात्रै विकल्प : प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक परिस्थितिलाई शान्तिपूर्ण ढंगले समाधान गर्न निर्वाचनमात्रै विकल्प रहेको बताएका छन्।

चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, “चुनावको विकल्प छैन। त्यसैले पार्टी पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेको छ।” उनले पार्टीका सबै तहका नेता र कार्यकर्तालाई तयारीमा सक्रिय हुन निर्देशन दिएका छन्।

प्रचण्डले सरकारलाई पनि निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरे र नेपाली कांग्रेससहितका अन्य दलहरूसँग पनि यसबारे समन्वय गरिरहेको जानकारी दिए।

साथै, उनले समाजवादी मोर्चाभित्र रहेका दलहरूसँगको एकताको प्रयास सकारात्मक रहेको उल्लेख गर्दै भने, “यही हप्ताभित्र मोर्चाभित्र एकता हुने वा नहुने निष्कर्ष आउनेछ। मधेसवादी दलहरूसँग समन्वय गर्दै माओवादीसहित निर्वाचनमा जाने सम्भावना पनि छ।”