दक्षिण एसियाली एथलेटिक्समा नेपालले ६ पदक जित्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दक्षिण एसियाली एथलेटिक्समा नेपालले ६ पदक जित्यो

काठमाडौ । भारतको राँचीमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालले २ रजत र ४ कास्य पदक जितेर उत्साहजनक प्रदर्शन गरेको छ। आइतवार सम्पन्न प्रतियोगितामा सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमालले दोहोरो पदक हात पारेका छन्। सोमले पुरुष ८ सय मिटर दौडमा रजत र ४ गुणा ४ सय मिक्स रिलेमा कास्य पदक जितेका छन्।

सन्तोषीले महिला १० हजार मिटर र ५ हजार मिटर दौडमा कास्य पदक जितिन् र दुवैमा राष्ट्रिय कीर्तिमान कायम गरिन्। १० हजार मिटरमा उनले ३४:४७.७७ सेकेन्डमा दौड पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् भने ५ हजार मिटरमा १६:३६.६१ सेकेन्डमा दौड पूरा गरिन्।

अन्तिम दिन राजन रोकायाले पुरुष १० हजार मिटर दौडमा रजत पदक जितेका छन् भने पहिलो दिन मुकेश पालले पुरुष ५ हजार मिटर दौडमा कास्य पदक हात पारे।

मिक्स रिलेमा कास्य पदक जित्ने टोलीमा सोमसहित रमिता कुमारी थारु, जयरानी थारु र राम प्रसाद थारु थिए। टोलीले ४ गुणा ४ सय मिटर रिलेमा ३:३७.१६ सेकेन्डमा दौड पूरा गर्दै पदक सुनिश्चित गर्यो। च्याम्पियनसिपमा नेपालका २६ खेलाडीले तीन दिनसम्म प्रतिस्पर्धा गरेका थिए।