दक्षिण चीन सागरमा अमेरिकी लडाकु विमान र हेलिकोप्टर दुर्घटना

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दक्षिण चीन सागरमा अमेरिकी लडाकु विमान र हेलिकोप्टर दुर्घटना

काठमाडौ । दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका लडाकु विमान र हेलिकोप्टर दुर्घटनामा परेका छन्।

आधा घण्टाको अन्तरालमा भएको घटनामा यूएसएस निमित्ज विमानवाहक युद्धपोतबाट उडेका एमएच–६० आर हेलिकोप्टर र एफ/ए–१८ एफ सुपर होर्नेट विमान दुर्घटनाग्रस्त भएका हुन्। हेलिकोप्टरमा सवार तीन चालक दल र विमानमा सवार दुई चालक दल सकुशल उद्धार भएका छन्।

अमेरिकी नौसेनाले यस वर्ष कम्तीमा चार लडाकु विमान गुमाइसकेको सीएनएनले जनाएको छ।