राप्रपाका नेता लोहनीले मन्त्रीहरूको सम्पत्ति विवरण नखुलाएकोमा उठाए प्रश्न
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा रहेका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सर्वजनिक नगरेकोमा गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै लोहनीले भनेका छन्, “जेनजी आन्दोलन र बलिदानको माग भ्रष्टाचारविरुद्ध सरकारको सक्रियता हो भन्ने देखाउन पनि मन्त्रीहरूले नेपाल र विदेशमा कति सम्पत्ति राखेका छन् भन्ने जानकारी जनतासामु खुला गर्ने हिम्मत किन छैन?”
उनले नेताहरुको सम्पति छानविन गर्न आयोग गर्न नसकेको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।














