स्वास्थ्य मन्त्री शर्माले जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको दाबी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of स्वास्थ्य मन्त्री शर्माले जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको दाबी

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका घाइतेहरूको उपचारमा कुनै कमी नभएको जानकारी दिएकी छन्।

सोमबार टिचिङ अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था अवलोकन गरेकी मन्त्री शर्माका अनुसार, अस्पतालमा उपचाररत तीन जना घाइतेमध्ये दुईको स्वास्थ्य सुधारोन्मुख छ भने एकजनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी हुँदैछ।

घाइतेसँग भेटेपछि मन्त्री शर्माले स्वास्थ्य लाभको कामना गर्दै भनिन्, “यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ।” उनले चिकित्सक र स्वास्थ्यकर्मीसँग उपचारको अवस्थाबारे जानकारी लिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाइन्।