राजनीतिलाई रोक्न खोजे ठूलो बितण्डा निम्तिन सक्छ : योगेश भट्टराई
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिलाई थुन्ने वा नियन्त्रण गर्न खोजिए ठूलो राजनीतिक बितण्डा निम्तिन सक्ने चेतावनी दिएका छन्।
छठ पर्वको अवसरमा फेसबुकमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले प्रकृतिलाई थुन्न खोज्दा हुने विध्वंशको उदाहरण दिँदै राजनीति पनि त्यस्तै प्राकृतिक प्रवाहमा अघि बढ्न दिनुपर्ने बताए।
“जसरी प्रकृतिलाई थुनेर, छेकेर विध्वंश आइरहेका छन्, त्यसरी राजनीतिलाई पनि थुन्ने, छेक्ने वा रोक्ने प्रयास भयो भने राजनीतिमा ठूलो बितण्डा आउन सक्छ,” भट्टराईले भिडियो सन्देशमा भनेका छन्। उनका अनुसार राजनीति र समाज दुवैको सहज बहाव जरुरी छ। “पार्टीभित्र होस् वा समाजमा राजनीतिलाई यसको प्राकृतिक बहावमा अघि बढ्न दिनुपर्छ, रोक्नु हुँदैन,” उनले जोड दिए।
भट्टराईले हालैको जेनजी आन्दोलनलाई मुलुकको राजनीतिक चेतनाको नयाँ रूपका रूपमा व्याख्या गर्दै ती घटनाबाट सबैले पाठ सिक्न र आत्मसमीक्षा गर्नुपर्ने बताए।













