मन्त्री महावीर पुनको आग्रह : मलाई उद्घाटन–शिलान्यास कार्यक्रममा नबोलाउनुहोस

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मन्त्री महावीर पुनको आग्रह : मलाई उद्घाटन–शिलान्यास कार्यक्रममा नबोलाउनुहोस

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा निमन्त्रणा नगर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गर्दै अब आफ्नो सम्पूर्ण समय काम र परिणाममुखी कार्यमा केन्द्रित गर्ने बताएका छन्।

सोमबार फेसबुकमार्फत् मन्तव्य सार्वजनिक गर्दै मन्त्री पुनले भनेका छन्,“कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा नगर्नु होला।”

पुनका अनुसार उनले अनावश्यक औपचारिकता र समय खर्च हुने गतिविधिभन्दा व्यवहारिक काम र सुधारमा ध्यान दिने नीति लिएका छन्। उनीले हालै युनेस्कोको उज्बेकिस्तानमा भएको महासभा तथा ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको सम्मेलनमा समेत सहभागिता जनाएका छैनन र मन्त्रीहरूले विदेश घुम्ने भन्ने जनधारणालाई असत्य भन्दै त्यस्ता भ्रम नफैलाउन आग्रह गरेका छन्।