सिरियामा इस्लामिक स्टेट पुनः सक्रिय, कुर्दिस लडाकुहरू जोखिममा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सिरियामा इस्लामिक स्टेट पुनः सक्रिय, कुर्दिस लडाकुहरू जोखिममा

काठमाडौ । सिरियाको उत्तर पूर्वी कुर्दिस नियन्त्रित क्षेत्रमा इस्लामिक स्टेट (आईएस) पुनः सक्रिय हुँदै गएको चेतावनी कुर्दिस आतंकवाद विरोधी अधिकारीहरूले दिएका छन्।

बिबिसीलाई दिएका भनाइमा अधिकारीहरूले आईएसका सशस्त्र सेलहरूले फेरि समूहबद्ध भई आक्रमणहरू बढाएको बताएका छन्।

यी चेतावनीबीच २१ वर्षका वालिद अब्दुल बासित शेख मूसा नामका कुर्दिस युवकको मृत्यु भएको छ। मोटरसाइकलप्रेमी वालिदले यस वर्ष जनवरीमा पहिलो पटक मोटरसाइकल किनेका थिए, तर केही सातामै आईएसविरुद्धको लडाइँमा मारिए।

उनी १५ वर्षको उमेरमा नै घर छोडी कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) मा सामेल हुन गएका थिए। कानुनी रूपमा नाबालक भएकाले फिर्ता पठाइए पनि तीन वर्षपछि उनलाई सेनामा भर्ना गरियो।

कुर्द अधिकारीहरूको अनुसार, बशर अल असदको पतनपछि सिर्जिएको सुरक्षा शून्यताको फाइदा उठाउँदै आईएसले फेरि भर्ती र पुनर्संरचना सुरु गरेको छ।

कुर्दिस लडाकु समूहवाईपीजीका प्रवक्ता सियामेन्द अलीले  गत वर्षको तुलनामा आईएसका आक्रमणहरूमा दशगुणा वृद्धि भएको वताए । 

यसबीच, उत्तर पूर्वी सिरियाका जेलहरूमा करिब ८ हजार आईएस लडाकुहरू ४८ देशका नागरिकसहित वर्षौंदेखि बिना सुनुवाइ बन्दी छन्।

सबैभन्दा ठूलो जेलअलसिनामा रहेका कैदीहरूबीच आईएसका पूर्व नेता र धार्मिकफतवादिने इस्लामिक शिक्षण अझै जारी रहेको अधिकारीहरूले बताएका छन्।