प्रधानमन्त्री कार्कीको छठ सन्देश : एकता र सद्भावका माध्यमबाट लोकतन्त्रलाई मजबुत बनाऔं
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै देशमा राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक मूल्यलाई बलियो बनाउन सबैलाई आह्वान गरेकी छन्।
छठ पर्वको अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री कार्कीले सत्य, अहिंसा र प्रकृतिप्रेममा आधारित यो पर्वले तराई–पहाडबीचको सांस्कृतिक सम्बन्धलाई अझ घनिष्ठ बनाउने उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “छठसहितहाम्राचाडपर्वहरूलेनेपालीबीचकोसामाजिकएकता, सद्भावरभ्रातृत्वकोभावनाजगाउँछन्।अहिलेकोअवस्थामाहामीसबैनेपालीबीचअझबढीएकतारसहकार्यकोआवश्यकताछ।”
प्रधानमन्त्रीले देश अहिले राजनीतिक संक्रमणको संवेदनशील चरणमा रहेको बताउँदै आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताइन्।
उनले सडक प्रदर्शन र असन्तोष मात्रै सबै समस्याको समाधान नहुने स्पष्ट पार्दै भनिन्, “लोकतन्त्रमाअसहमतिस्वाभाविकहोतरत्योअसहमतिजनताकोविश्वासजित्नेरशान्तिपूर्णमाध्यमबाटअभिव्यक्तगर्नसक्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले छठ पर्वले दिने अनुशासन, संयम र सकारात्मक ऊर्जाबाट प्रेरणा लिन आग्रह गर्दै भनिन्, “छठमाव्रतालुहरूलेजसरीकठिनसाधनाद्वारापवित्रताहासिलगर्छन्, त्यसरीनैहामीलेपनिराष्ट्रियलक्ष्यपूरागर्नआत्मनियन्त्रणरएकताआवश्यकछ।”
छठ पर्वको सन्दर्भमा उनले सूर्य आराधनाको यो चाडले नेपाली समाजमा खुशी, समृद्धि र आपसी सद्भाव फैलाओस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।













