नेकपा माओवादी केन्द्रका युवाहरुले गठन गरे ‘जेनजी रेडफोर्स’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेकपा माओवादी केन्द्रका युवाहरुले गठन गरे ‘जेनजी रेडफोर्स’

काठमाडौ । नेकपा माओवादी केन्द्रमा आस्थारत युवाहरुले ‘जेन–जी रेडफोर्स’ नामक संगठन गठन गरेका छन्। संयोजक स्मृति तिमल्सिनाले पत्रकार सम्मेलनमा संगठन अहिले ६५ जिल्लामा र सातै प्रदेशमा सक्रिय भइसकेको जानकारी दिइन्।

उनले संगठनको एजेन्डामा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरोधी अभियान र सत्तामा आएका सबैको सम्पत्ति छानबिन रहेको बताइन्। तिमल्सिनाले भने, “भ्रष्टाचार पुष्टि भए माओवादी केन्द्रका नेतासम्म कारबाहीको दायरामा पर्न सक्छन्।”

संगठनले उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना र भ्रष्टाचारमुक्त राजनीतिक वातावरण निर्माणमा पनि जोड दिने जनाएको छ। तिमल्सिनाले कांग्रेस र एमालेले क्रान्तिकारी र परिवर्तनकारी गतिविधिलाई आतङ्ककारी भनी चित्रण गर्ने पुरानो प्रवृत्ति रहेको उल्लेख गर्दै, जेन–जीलाई पनि त्यस्तो खतरा हुन सक्ने चेतावनी दिइन्।