विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपाल पहिले बलिङमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपाल पहिले बलिङमा

काठमाडौ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ। दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले केही दिनअघि मात्र यूएई पुगेको थियो र आइतबारदेखि लिग–२ अन्तर्गतका महत्वपूर्ण खेलहरू सुरु भएका हुन्। यूएई र अमेरिकासँगको यो शृङ्खला नेपालका लागि विश्वकप छनोट यात्रा सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ।

कप्तान पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी, करण केसी, भीम सार्की, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, गुलशन झा, नन्दन यादव र शाहब आलम रहेका छन्।

नेपाल, अमेरिका र यूएईबीचको यो त्रिकोणात्मक शृङ्खलाका खेलहरू आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म यूएईमा हुने तय गरिएको छ।